स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
हेल्थ टिभी अनलाइन : जिल्ला अस्पताल पाल्पामा आकस्मिक बाहेकको सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले अत्यावश्यक बाहेकको सेवा बन्द गरेको हो ।
निमित्त मेसुसहित १० जना कर्मचारीको पीसीआर परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए। अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा केही दिनका लागि पूर्णरूपमा बन्द गरिएको जनाएको छ।
मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो। उनीहरु सबै आइसोलेसन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए। जिल्लामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको पाइन्छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स