रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोनाको अतिरिक्त खोप दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोभिड १९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जोखिम समूहमा रहेका व्यक्तिहरुलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप खोप मात्रा दिन लागिएको हो ।
यसरी अतिरिक्त खोप लगाउनका लागि पहिले जुन खोप लगाइएको छ सोही खोप नै दिइने भएको छ । मन्त्रालयले यसलाई बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुलाई दिन लागिएको थप खोप भएको जनाएको छ ।
खोप पाउने समूहहरु:
-मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु
-सक्रिय क्यान्सरका बिरामी
-अंग प्रत्यारोपण गरेका बिरामी
-एचआइभी भएका बिरामी
-उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामी
यसका साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष माथिका सबै व्यक्तिले सरकारले दिन लागेको यो अतिरिक्त खोप पाउने छन्। थप खोप लगाउनका लागि पहिले खोप लगाएको तीन महिना पुगेको हुनुपर्नेछ । खोप लगाउनका लागि आफूले पहिले खोप लगाएको कार्ड लिएर आफनो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल