देशभर ४ हजार ८७९ सक्रिय कोरोना संक्रमित, ११३ जना आइसीयू र भेन्टिलेटरमा
पछिल्लो २४ घण्टामा देशभर २३५ नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले ४ हजार ८७९ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जारी गरेको तथ्यांक अनुसार शुक्रबारसम्म देशभर होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ रहेको हो ।
उनीहरुमध्ये ४ हजार ६५१ जना होम आइसोलेसनमा र २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन्। उनीहरुमध्ये पनि ८९ जनाको आइसीयूमा र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म देशभर ११ हजार ५९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा देशभर २३५ जना नयाँ संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १ लाख ३९ हजार १५२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित