ह्याम्स अस्पतालद्धारा महाराजगंज प्रहरी वृतलाई १ सय थान सुरक्षा ज्याकेट प्रदान
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले महाराजगंज प्रहरी वृतलाई सुरक्षा ज्याकेट उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर अस्पतालले एक सय थान सुरक्षा ज्याकेट र एक थान साउन्ड सिस्टम सहयोग गरेको हो ।
एक कार्यक्रमकावीच ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीले महाराजगंज प्रहरी वृतका डीएसपी प्रमेश विष्टलाई उक्त सामान हस्तान्तरण गरेका हुन्। भण्डारीले सामान हस्तान्तरण गर्दै आफूहरुले आफनो अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर प्रहरीलाई सानो सहयोग स्वरुप सुरक्षा ज्याकेट र साउन्ड सिस्टम प्रदान गरेको जनाए ।
उनले अस्पतालले अन्य सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको जिकीर गरे ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स विश्वकै ठूलो स्वास्थ्य चुनौती बन्दै
सातौं वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर अस्पतालको वाकाथन
६ जनाले पाए स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार
‘ललितपुरलाई सुर्तीजन्य पदार्थमुक्त सहर बनाउन प्रतिबद्ध छु’
अत्यधिक गर्मीले स्वास्थ्यमा असर, बच्न के गर्ने ?