जाडोमा आगो ताप्दा अपनाउनुपर्ने सावधानीहरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । सावधानी अपनाइएन भने चिसोबाट बच्न प्रयोग भएका यस्ता आगो, हिटर वा गिजरले न्यानो त दिन्छन् तर कहिलेकाहीं ज्यानै समेत जान सक्छ । त्यसैले आगो बाल्दा वा हिटर, गिजर प्रयोग गर्नुअघि केही कुराहरु जान्न आवश्यक हुन्छ ।
आगो बाल्दा कोठाको झ्याल ढोका बन्द गर्न हुँदैन । यसरी कोठा बन्द गर्दा कोठामा अक्सिजनको मात्रा कम हुँदै गएर व्यक्ति बेहोस भई ढल्न पुग्छ । अन्त्यमा मृत्युसमेत हुनसक्छ । हावा आवतजावत गर्ने कोठामा मात्र आगो वा हिटर बाल्ने गरौं । यसैगरी सकेसम्म कोइलाजन्य पदार्थको आगो ताप्ने नगरौं यसबाट निस्कने धुवाँ हाम्रा लागि असाध्यै हानिकारण हुनेगर्छ ।
आगो बालेर नै सुत्ने नगरौं । केही वेर बालेर त्यसलाई राम्ररी निभाएर मात्र सुत्ने गरौं ।आगो ताप्दा पोलिस्टर वा छिटो आगो समात्ने जस्ता कपडा नलगाऔं । धेरै जसो आगो ताप्दा कपडाबाट आगो सल्कने र जलनको समस्या पनि हुने गर्छ । हिटर बाल्दा पनि एकोहोरो बालिरहने भन्दा पनि केही बेर बाल्ने बन्द गर्ने गरौं । बाथरुमा गिजरको प्रयोग गर्दा गिजरको मुख्य मेशिनलाई बाहिर खुला ठाउँमा जडान गरौं । सकेसम्म गिजर प्रयोग तातो पानीबाट सिधै नुहाउने भन्दा पनि पानी थापेर राखेर त्यसलाई बन्द गरेर नुहाऔं । साथै गिजर प्रयोग गरेर धेरै बेर बाथरुममा नबसौं ।
जाडोमा स सानो कुरामा ख्याल नगर्दा धेरै जनाको ज्यान जाने गरेको पाइन्छ । त्यसैले चिसोबाट बचौं तर होशियारी पनि अपनाऔं ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण