राती कोइला बालेर सुतेका स्टोर शाखाका कर्मचारीसहित ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : भेरी अस्पतालको प्रागंणमा रहेको क्षेत्रिय स्टोर शाखाका कर्मचारीसहित ४ जनाको निस्सासिएर मृत्यु भएको छ । देशभर एक्कासी चिसो बढेपछि बेलुका कोइला बालेर सुतेका स्टोरकिपरसहित उनका परिवारका चार जनाको मृत्यु भएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले जानकारी दिए ।
उनले क्षेत्रिय स्टोर शाखामा काम गर्ने कर्मचारी र उनका परिवार राती अस्पतालकै प्रांगणमा रहेको क्वार्टरमा कोइला बालेर सुतेको र बिहान अबेरसम्म नउठ्दा बाहिरबाट छिमेकीले बोलाउँदा उनीहरुको अवस्था पत्ता लागेको जनाए । उनले भने , ‘अहिले अस्पतालमा ३ जना भर्ना गरिएको छ भने ४ जनाको निस्सासिएर मृत्यु भएको देखिन्छ । झ्याल ढोका बन्दा गरेर कोइला बाल्दा कोठामा अक्सिजनको मात्रा कम हुँदै गएर ‘कार्बन मनोअक्साइड पोइजनिङ’ का कारण उनीहरुको मृत्यु भएको देखिएको उनले जिकीर गरे ।
डा पाण्डेले भर्ना भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको समेत जनाएका छन्। डा पाण्डेले कोठामा आगो बालेर सुत्न नहुने समेत सल्लाह दिएका छन्। उनले कोइला बाले पनि कोठामा झ्यालढोका भने बन्द गर्न नहुने भन्दै धेरैले यो चिसो मौसममा यही गल्ती गरिंदिंदा ज्यान गुमाउन परेको जनाए। उनले जाडोमा यस्ता घटना धेरै नै आउने गरेको समेत जिकीर गरे ।
डा पाण्डेले यो बेला शरीरमा अक्सिजनको मात्रा कम हुने भए पनि पल्स अक्सिमिटरले भने खासै पत्ता लगाउन नसक्ने हुँदा अक्सिजन ठिक छ भनेर बिरामीलाई यत्तिकै राख्न नहुने भन्दैै तुरुन्तै अस्पताल लगेर अक्सिजन दिएर राख्नुपर्नेमा जोड दिए ।
नेपालमा जाडो महिना सुरु भएसँगै यस्ता घटना निकै बढ्ने गर्छन।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित