आजदेखि बालबालिकालाई दिने भनिएको ‘फाइजर खोप कार्यक्रम’ सिरिन्ज अभावमा स्थगित
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि बालबालिकाका लागि दिने भनिएको फाइजर खोप अभियान केही समयका लागि स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फाइजर खोप आइपुगेको भए पनि यसमा प्रयोग हुने सिरिन्जको अभावमा खोप अभियान स्थगित भएको हो ।
सरकारले यसअघि नै काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेत गरी ८ वटा जिल्लामा आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिने भनी सूचना जारी गरेको थियो । तर सिरिन्ज समयमै नआउँदा समस्या भएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले बताए । उनले सिरिन्ज प्राप्त हुनासाथ खोप अभियान सुरु गरिने समेत जिकीर गरे । त्यसो त पुस ४ गतेदेखि ५७ जिल्लामा १२ देखि १७ वर्षका बालबालिकाका लागि मोडर्ना खोप लगाउने क्रम जारी छ । उनीहरुका लागि विद्यालयमै खोप केन्द्र बनाएर खोप दिने काम भइरहेको जनाइएको छ ।
नेपालमा १२ देखि १७ वर्षका बालबालिकाका लागि मोर्डना र फाइजर दुई थरी खोप मात्र लगाउन सुरु गरिएको छ । १२ वर्षभन्दा मूनिका बालबालिकाका लागि भने अहिलेसम्म कुनै खोप आएको छैन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित