अबदेखि निजी अस्पताल र मेडिकल कलेजले पनि कोरोना खोप केन्द्र सञ्चालन गर्न पाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : अबदेखि निजी अस्पताल तथा मेडिकल कलेजले समेत कोरोना विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै मेडिकल कलेज तथा ५० बेडभन्दा माथिका निजी अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न सक्ने गरी निर्णय गरिएको जनाएको हो । खोप केन्द्र सञ्चालन गर्न चाहने अस्पतालले सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्ष माथिका नागरिकका लागि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप अभियान सञ्चालन गर्न सक्नेछन्।
यसभन्दा अघि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाबाट मात्र कोरोना विरुद्धको खोप दिंदै आएको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित