आज थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ६ लाख ६४ हजार ५६० डोज कोरोना विरुद्धको फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गतको उक्त खोप आज बिहान मात्र नेपाल आइपुगेको हो।
फाइजर खोप सरकारले यही पुस १३ गतेदेखि विद्यालय जाने उमेर समूहका १२ देखि १७ वर्ष सम्मका बालबालिकालाई दिने भन्दै यसअघि नै सूचना जारी गरिसकेको छ । ८ जिल्लामा यही १३ गतेबाट यो अभियान सुरु हुनेछ । भने बाँकी जिल्लामा पनि छिटै अभियान सुरु गरिने जनाइएको छ ।
यसअघि नै सरकारले दीर्घ रोगी बालबालिकालाई फाइजरको खोप दिइसकेको छ । अब भने १२ देखि १७ वर्षका सबै बालबालिकालाई फाइजर र मोडर्ना गरी खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मोडर्ना खोप अभियान अहिले ५७ जिल्लामा जारी छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण