Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा १८१ संक्रमित थपिए, २८९ जना संक्रमणमुक्त

२४ घण्टामा १८१ संक्रमित थपिए, २८९ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ८७२ जनाको नमुना परीक्षण गरिएकोमा १८१ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी यहीवीच २८९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। उता आज एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको हो । अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २७१ रहेको छ । उनीहरुमध्ये सय जना आइसीयूमा र २६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार