आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई मोडर्ना खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु गर्ने जनाएको हो । मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।
खोप अभियान आजदेखि सुरु भएर १४ पुससम्म जारी रहने छ भने दोस्रो मात्राको पनि मिति तोक्दै पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाइने मन्त्रालयले सूचना जारी गर्दै जनााएको छ । यो खोप पूर्ण सुरक्षित रहेकाले आफना बालबालिकालाई ढुक्क भएर कोरोना विरुद्धको मोडर्ना खोप लगाउन मन्त्रालयले आग्रह समेत गरेको छ ।
नेपालमा १२ देखि १७ वर्षका बालबालिकाका लागि फाइजर र मोडर्ना दुई प्रकारको खोप मात्र आएको छ । फाइजर खोप दिन यसअघि नै सुरु गरिसकिएको छ भने मोडर्ना खोप आज देखि दिन लागिएकाे हाे ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण