डेन्टल हाइजिनिष्टको सेवा पाँचौ तहबाट हुने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको पत्र
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतकाे डेन्ट्रिष्टी समूहको डेन्टल हाइजिनिष्ट पदमा पाँचौ तहबाट सुरु हुने व्यवस्था गर्न परिपत्र गरेको छ। मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाउँदै नेपली सेना, नेपाल प्रहरी र सम्पूर्ण पालिकाहरुमा सोही अनुसार गर्न परिपत्र गरिदिन समेत आग्रह गरेको छ।
केही संस्थाले डेन्टल हाइजिनिष्ट पदको विज्ञापन गर्दा चौथो तह उल्लेख गरी विज्ञापन गरेको विषयलाई लिएर उक्त विज्ञापनका विषयमा डेन्टल साइन्स हाइजिनिष्ट एसोसिएसन अफ नेपालले विरोध गर्दै आएको थियो। एसोसिएसनले स्वास्थ्य मन्त्रालयलाई पाँचौ तहबाट हुने व्यवस्था गर्न अनुरोध गरेपछि मन्त्रालयले शैक्षिक योग्यताका आधारमा पाँचौ तहबाट गर्न परिपत्र गरेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण