यूकेमा एकैदिन ७८ हजारभन्दा बढीमा कोरोना पुष्टि, ओमिक्रोनको प्रकोप बढ्दो
हेल्थ टिभी अनलाइन : बुधवार यूकेमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका संक्रमितको यो सर्वाधिक संख्या रहेको बताइएको छ ।
यसअघि गत जनवरीमा एकैदिन सबैभन्दा धेरै ६८ हजार संक्रमित पुष्टि हुँदा यूके लकडाउनमा थियो। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले पछिल्लो समय अोमिक्रोन तीब्र गतिमा बढिरहेको भन्दै कोभिड खोपको बुस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताए।
जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङ्क्रमितको सङ्ख्या दोबर भएको पाइएको बताए। उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एकतिहाइले संक्रमित बढेको देखिन्छ।
बीबीसीबाट :





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण