पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ९९४ जनाको नमुना परीक्षण गरिएकोमा २८० जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ । उता यहीवीच आज ३ सय संक्रमित निको भएका छन्।
अहिले देशभर ५ हजार ६३५ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण