बालबालिकाका लागि १९ लाख ६६ हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : बालबालिकाका लागि भनिएको कोरोना विरुद्धको मोडर्ना खोप १९ लाख ६५ हजारभन्दा बढी डोज आज नेपाल आइपुगेको छ ।
यो खोप कोभ्याक्स सुविधा अन्तर्गत नेपाल आइपुगेको हो । आज १९ लाख ६५ हजार भन्दा बढी डोज नेपाल आइपुगेको र सो खोप यही पुस ४ गतेदेखि १२ देखि १७ वर्षका किशोरकिशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि अघिल्लो साता १ लाख ८८ हजार डोज र गत शुक्रबार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप नेपाल आइसकेको छ ।
यो खोप लगाउनका लागि विद्यालयहरुमा खोप केन्द्र तोकिनेछ र विद्यालयबाट नै खोप लगाइने भएको छ । यसअघि फाइजर खोप सञ्चालन भएका जिल्लामा भने मोडर्ना खोप दिइने छैन्। अहिले ५७ जिल्लामा खोप अभियान सुरु गरिने मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण