१२ देखि १८ वर्षसम्मका किशोरकिशोरीलाई कोभिड विरुद्धको मोडर्ना खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई कोरोना विरुद्धको खोप दिने भएको छ । अमेरिकी कम्पनी मोडेर्नाको १४ लाख ९७ हजार मात्रा खोप बिहीवार नेपाल आइपुगेको छ । सरकारले यही पुस ४ गतेदेखि मोडर्ना खोप लगाउने तयारी गरेको हो।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्न लागेको जनाएका छन्।
कोभ्याक्स सुविधा अन्तर्गत यसअघि गत साता एक लाख ८८ हजार ४०० मोडेर्ना खोप ल्याइएको र आगामी साता १९ लाख ६५ हजार मात्रा आउने स्वास्थ्य सेमन्त्रालयले जनाएको छ । यो खोप सरकारले १२ देखि १८ वर्ष नपुगेका उमेरका बालबालिका तथा किशोरकिशोरीलाई दिने लक्ष्य राखेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण