काठमाडौं उपत्यकामा १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीनवटै जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा १८ वर्ष पुगेका सबैलाई खोप दिइने जनाएको हो । त्यसका लागि खोप केन्द्रहरु पनि तोकिएको छ । यसअघि छुटेका सबैले खोप लगाउन पाउनेछन्।
यसैगरी गर्भवती भएका तीन महिना पुगेका गर्भवतीका लागि पनि कोरोेना विरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ । काठमाडौंमा वीर अस्पताल, शसस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, वयोधा अस्पताल, शहिद मेमोरियल अस्पताल लगायतका अस्पताल खोप केन्द्र तोकिएका छन्।
यसैगरी ललितपुरमा पाटन अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्यचोकी लगायतका खोप केन्द्र तोकिएका छन्। उता भक्तपुरमा नेपाल कोरिया मैत्री अस्पताल, ख्वप अस्पताल खोप लगाउनका लागि तोकिएको छ । यी खोप केन्द्रमा गई खोप लगाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण