नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
हेल्थ टिभी अनलाइन \काठमाडौं : दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै नेपालमा दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको जानकारी दिएको हो।
मन्त्रालयले ओमिक्रोन पुष्टि भएका संक्रमितको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पनि जानकारी दिएको छ ।
दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म भारत सहित ४० भन्दा बढी देशहरुमा फैलिइसकेको छ। बढी संक्रामक मानिएको यस भेरियन्टलाई अहिले लगाइरहेको कोरोना विरुद्धको खोपले काम गर्ने की नगर्ने भन्ने विषयमा भने अध्ययन भइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण