आयुर्वेद विभागले सुरु गर्यो नागरिक आरोग्य कार्यक्रम
मेरो स्वास्थ्य : मेरो जिम्मेवारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ‘मेरो स्वास्थ्य : मेरो जिम्मेवारी’ भन्ने नाराका साथ नागरिक आरोग्य कार्यक्रमको अभियान सुरु गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले उक्त कार्यक्रमको अभियान सुरु गरेका हुन्। कार्यक्रममा मन्त्री खापुङले नागरिक आरोग्य कार्यक्रमको हाते पुस्तिका तथा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पुस्तकको विमोचन गर्दै र स्वस्थ जीवजनशैली सम्बन्धी श्रब्यदृश्य सामग्री देखाएर उक्त अभियान सुरु भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वस्थ जीवनशैली अपनाउनका लागि पुराना पद्धतीहरु असाध्यै सान्दर्भिक रहेको भन्दै आयुर्वेद, जडीबुटी ध्यान योग जस्ता कुरालाई सबैले अबलम्बन गर्नुपर्ने बताए । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले हरेक नागरिकले ‘मेरो स्वास्थ्य : मेरो जिम्मेवारी’ भन्ने कुरा बुझ्न जरुरी रहेको र त्यही अनुसार जीवनशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए । उनले निरोगी नेपालका लागि अस्पताल मात्र खोलेर नहुने भन्दै अस्पताल नै जान नपर्ने गरी स्वस्थ जीवनशैली अपनाउने बानीको विकास गर्नुपर्ने बताए । उनले एक जना व्यक्तिले आफूले म कसरी स्वस्थ हुने भन्ने जिम्मेवारी आफैले लिएमा राज्यलाई पनि भार कम हुने भन्दै बिहान उठेदेखि के गर्ने भन्ने रुटिन बनाउनुपर्ने बताए । उनले स्वस्थकर खानपान र व्यायाममा ध्यान दिंदा धेरैजसो नसर्ने रोगबाट बच्न सकिने समेत जिकीर गरे ।

यसैगरी कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा राजेश संभाजीराव पाण्डवले हरेक व्यक्तिले आफनो स्वास्थ्यको ख्याल गर्दै नियमित व्यायाम गर्ने तथा योग ध्यानमा केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा स्वस्थ जीवनयापनका लागि उठेदेखि सुत्नेबेलासम्म के के गर्ने ? कस्तो खानपान गर्ने ? भन्ने विषयवस्तुमा आधिारत भिडियोमा अभिनय गरेका कलाकार निखिल उप्रेति र संचिता लुइँटेले पनि भागदौडको जिन्दगीमा पनि केही समय आफनो लागि छुट्याउन जरुरी रहेको बताएका थिए ।

विभागले स्वस्थ जीवनयापनका लागि सातै प्रदेशमा नागरिक आरोग्य कार्यक्रम अभियान चलाइने जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित