कोरोना त्रास : अत्यावश्यक नपरेसम्म विदेश भ्रमणमा नजान सरकारको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोभिड- १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिमका कारण अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सबैलाई आग्रह गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अति नै आवश्यक नपरेसम्म विदेश भ्रमण नगर्न र जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको उक्त विज्ञप्तिमा दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अन्य एशियाली मुलुकहरुमा समेत फैलिन थालेकाले नेपालमा पनि उच्च सतर्कता अपनाउन जरुरी रहेको जनाइएको छ ।
कोरोनाको जटिलताबाट बच्न यसविरुद्धको खोपले काम गर्ने हुँदा आफनो नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरिएको छ । केही दिन यता ओमिक्रोन भाइरसले सबैतिर त्रास फैलाएको छ । यो भाइरस बढी संक्रामक भएको र सबै उमेर समूहलाई असर गर्ने भएकाले सबैले सतर्कता अपनाउन जरुरी रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण