Health TV Online
Health TV Online
Health TV Online

थप २५९ जनामा कोरोना संक्रमण, २६४ जना संक्रमणमुक्त

थप २५९ जनामा कोरोना संक्रमण, २६४ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ८८८ जनाको नमुना परीक्षण गरिएकोमा २५९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी आज १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । उता यहीवीत २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ६ हजार ९४४ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये १५९ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार