देशभर २०८ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले २०८ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन्। कोरोना संक्रमण घट्दै गएको भए पनि अहिले पनि १७५ जना कोरोना संक्रमित आइसीयूमा र ३३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ७ हजार २८७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये ६ हजार ८९६ जना होम आइसोलेसनमा रहेका छन् भने ३९१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको छ ।
हालसम्म देशभर झण्डै ३२ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने २८ प्रतिशतले दोस्रो मात्रा खोप पाइसकेका छन्। हालसम्म ११ हजार ५१८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण