Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा २७० जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

२४ घण्टामा २७० जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४४६ जनाको नमुना परीक्षण गरिएकोमा २७० जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित निको भएका छन्।

अहिले देशभर ७ हजार २८७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार