मेडिकल काउन्सिल निर्वाचन : काठमाडौं उपत्यका र धुलिखेलमा आज मतदान हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज र भोलि काठमाडौं उपत्यका र धुलिखेलमा मतदान हुँदैछ। यसअघि पहिलो चरण अन्तरर्गत उपत्यका बाहिर मंसीर ३ र ४ गते मतदान भइसकेको छ ।
काउन्सिल निर्वाचन समितिका अनुसार आज काभ्रेको धुलिखेल अस्पताल र काठमाडौं उपत्यकाको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्टाफ कलेज जावलाखेलमा मतदान हुँदैछ । धुलिखेलमा आज मात्र मतदान हुनेछ भने उपत्यकामा आज र भोलि दुई दिन मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
एक उपाध्यक्ष र आठ सदस्य पदका लागि कुल ३५ जना चिकित्सकले उम्मेदवारी दिएका छन् । तीन जना उपाध्यक्ष र ३२ जना सदस्यको उम्मेदवारी परेको छ । मतदान विहान १० देखि अपरान्ह ४ बजेसम्म हुने जनाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित