यसअघि छुटेका सबैलाई कोरोना खोप, नजिकको केन्द्रमा गएर खोप लगाउन आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यसअघि छुटेका सबैलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै १८ वर्ष माथिका सबैलाई खोप दिइने लक्ष्य अनुरुप अबदेखि देशभर खोप अभियान चलाइने जनाएको हो । यसमा १८ वर्ष पुगेका सबैँले आफनो परिचय र उमेर खुल्ने कार्ड देखाएर खोप लगाउन सक्नेछन्।
दुई तिहाई लक्षित जनसंख्यालाई यही पुस मसान्तसम्म र बाँकी सबै लक्षित समूदायलाई चैत महिनासम्म कोरोना विरुद्धको खोप लगाइसक्ने लक्ष्य अनुरुप यो अभियान चालिएको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले जनाए । उनले आफू बसोबास गरिरहेको स्थानीय तहमा सम्पर्क गरी खोप लगाउन सबैलाई आग्रह समेत गरेका छन्।
यसैगरी यसअघि उच्च जोखिममा रहेका गर्भवतीलाई मात्र खोप दिइएकोमा अब भने सबै गर्भवतीलाई यो खोप दिइने भएको छ । गर्भवती भएको तीन महिना पुगेपछि मात्र यो खोप दिइने जनाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित