६ जिल्ला कोरोना शुन्य, काठमाडौं र ललितपुरमा अझै ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालका ६ जिल्ला अहिले कोरोना शुन्य भएका छन्। ओखलढुंगा, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र जाजरकोट कोरोना शुन्य भएका हुन्। यसैगरी सबैभन्दा धरै संक्रमित रहेको जिल्लामा काठमाडौं र ललितपुर परेका छन्।
काठमाडौंमा हाल ५१२ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा ५५७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएर ११ हजार ४९५ जनाले ज्यान गुमाएका छन्। अहिले देशभर ७ हजार ३०३ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये २३४ जनाको आइसीयूमा र ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण