अब सातै प्रदेशबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन सुइ दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अबदेखि सात प्रदेशका नौं अस्पतालबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन सुइ दिने व्यवस्था सुरु गर्न लागेको जनाएको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सातै प्रदेशबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन सुइको व्यवस्था गर्न लागिएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले रेबिजका कारण कसैको पनि मृत्यु नहोस् र यो सेवा सबैको पहुँचमा पुगोस भनेर सात प्रदेशका ९ अस्पतालबाट जनावरको टोकाईबाट गम्भीर घाउ भएकालाई यो सेवा सुरु गर्न लागिएको जनाए । रेबिज रोग रेबिजग्रस्त कुनै पनि स्तनधारी प्राणीबाट मानिसमा सर्नसक्ने र रेबिज भाइरसबाट लाग्ने प्राणघातक रोग हो ।
यो सुई सबै अवस्थामा नभएर एक वा एक भन्दा बढी घाउ हुने गरि जनावरले टोकेमा, ठूलो घाउ हुनेगरी टोकेमा, म्यूकस मेम्ब्रेन वा छाला फुटेको ठाउँमा रेबिज संकास्पद जनावरको र्याल परेमा वा अनुहार र हातमा टोकेमा बिरामीलाई इम्युनोग्लोबुलिन सुइ लगाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रणका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए । उनले यो इम्युनोग्लोबुलिन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरि सुइको माध्यमले लगाइने समेत जनाए ।
नेपालमा एकिन तथ्यांक नभए पनि वर्षेनी एक सय जना जति रेबिजको शंकामा बिरामी आउने गरेको भन्दै १५ देखि २० जनाको भने रेबिजका कारण मृत्यु हुने गरेको डा पौडेलेको भनाई छ ।
यसभन्दा अघि यो सुइ काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र दिने गरिन्थ्यो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण