आजदेखि ‘विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह’ सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : आजदेखि विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह सुरु सुरु भएको छ । यस वर्षको मूल विषय “सचेतना फैलाउँदै प्रतिरोध रोकौं र मूल नारा ‘एन्टीमाइक्रोबियल्सको प्रयोग सावधानी पूर्वक गरौं ‘ रहेको छ ।
विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन र विश्व पशु स्वास्थ्य संगठनको संयुक्त आह्वानमा सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर महिनामा साप्ताहिक रुपमा विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाउँदै आएकोमा यस वर्ष पनि यही नोभेम्बर १८ देखि २४ तारेख अर्थात मंसीर २ देखि ८ गतेसम्म बिभिन्न कार्यक्रमहरु गरी नेपालमा सचेतना सप्ताह संचालन हुने भएको छ ।
यस सचेतना सप्ताहको मुख्य लक्ष्य विश्वमा एन्टीमाइक्रोबियल रेजिस्टेन्सको बारेमा सचेतना फैलाउनु र आम सर्वसाधारण, स्वास्थ्यकर्मीहरु, कृषकहरु, पशु स्वास्थ्यकर्मीहरु तथा नीति निर्माताहरुलाई भविष्यमा थप औषधि प्रतिरोधी संक्रमणहरुको उदय तथा फैलावट रोक्नको लागि असल अभ्यास अपनाउन प्रोत्साहन गर्नु रहेको छ ।
एन्टीमाइक्रोबियल रेजिस्टेन्स एक विश्वव्यापी जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ । यसको कारण वर्षेनी करिब सात लाख मानिसहरुको मृत्यु भैरहेको अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । यसको नियन्त्रणको लागि ठोस कदमहरु नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्ममा वर्षेनी एक करोड पुग्ने अनुमान छ । साथै एकसय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने चेतावनी समेत विश्व स्वास्थ्य सङ्गठनले दिएको छ । यसको सबैभन्दा ठूलो असर नेपालजस्तो विकासोन्मुख देशहरुमा पर्नेछ ।
मानिस, पशुपंक्षी तथा बोट विरुवाहरुमा सूक्ष्मजीवाणुहरुबाट हुने संक्रमणको रोकथाम तथा उपचारका लागि महत्वपूर्ण मानिएको एन्टीमाइक्रोबियल औषधिहरुको समुचित ढंगले प्रयोग नगरेको कारणले नै सूक्ष्मजीवाणुहरुले एन्टीमाइक्रोबियल रेजिस्टेन्स विकास गरेका छन् जसको फलस्वरूप ती औषधिहरु कम प्रभावकारी हुँदै गएका छन्।
जब संक्रमण गराउने ब्याक्टेरिया भाइरस, फंगी तथा परजीवीहरुले औषधिप्रति प्रतिक्रिया देखाउन बन्द गर्छन् तब एन्टीमाइक्रोबियल रेजिस्टेन्सको विकास हुन्छ । त्यसैले एन्टिबायोटिक औषधि जथाभावी नखान विश्व स्वास्थ्य संगठनले सबैलाई आग्रह गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित