Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुरमा खुल्यो विशिष्टीकृत सेवासहित ‘नानी बाबु बाल क्लिनिक’

भरतपुरमा खुल्यो विशिष्टीकृत सेवासहित ‘नानी बाबु बाल क्लिनिक’

हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुरमा बाल स्वास्थ्यमा विशिष्टीकृत सेवा दिने उद्देस्यसहित ‘नानी बाबु बाल क्लिनिक’ खुलेको छ । आज एक कार्यक्रमकावीच चितवनका वरिष्ठ बाल रोग विशेषज्ञ डा विजयमान कायस्थले उक्त क्लिनिकको उद्घाटन गरेका हुन्।

उनले भरतपुरमा बालस्वास्थ्यमा केन्द्रित भएर खोलिएको उक्त क्लिनिकले धेरै बालबालिकालाई विशिष्टीकृत सेवा दिने र त्यसले बच्चाको उपचारकै लागि काठमाडौं वा अन्य स्थानमा जानपर्ने बाध्यता हटेको बताए । क्लिनिकका सञ्चालक बालरोग विशेषज्ञ डा ओमकृष्ण पाठकले चितवन र यस वरिपरीका बालबालिकाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यहीं सेवा दिन सकियोस भनेर विशिष्टीकृत सेवासहित क्लिनिक खोलिएको बताए । उनले अहिलेसम्म चितवनमै नभएका केही बाल स्वास्थ्यका सेवाहरु पनि आफनो क्लिनिकबाट सुरु गरेको जनाए ।

आजबाट सेवा सुरु गरेको नानी बाबु क्लिनिकमा यी सेवाहरु उपलब्ध हुनेछन् :
– नेपाल सरकारद्वारा निशुल्क उपलब्ध गराएको बाहेकका खोप सेवाहरु
– हरेक नवजात शिशु तथा नानीबाबुहरुले गर्नैपर्ने श्रवण शक्तिको जाँच
– बाल दमको ‌निदान र उपचारको लागि जर्मन टेक्नोलोजीद्वारा फोक्सोको जाँच
– सुस्त विकास भएका नानी बाबुहरुको लागि बाल फिजियोथेरापीमा विशेष तालिमप्राप्त फिजियोथेरापिस्टद्वारा फिजियोथेरापी
– विशेष प्रबिधिद्वारा रगत ननिकालेर नै जन्डिसको जाँच
– नानीबाबुहरुको पोषण सम्बन्धी विशेष जाँच तथा परामर्श
– स्तनपान सम्बन्धी विशेष परामर्श
– गर्भावस्थामा शिशुमा देखिएको समस्याको परामर्श
– जन्मजात नवजात शिशुमा देखिन सक्ने समस्याहरुको ‌जाँच
– एनआइसीयुमा राखेर उपचार पश्चात घर गएका शिशुहरुको विशेष जाँच र उपचार।
– नानीबाबुको दाँतको समस्याको उपचार

बाल स्वास्थ्यसम्बन्धी सम्पूर्ण उपचार गरिने र त्यसका लागि क्लिनिक सकेसम्म बालमैत्री बनाएको डा पाठकले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार