२४ घण्टामा झण्डै १२ हजार नमुना परीक्षण गर्दा ४१२ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा झण्डै १२ हजार नमुना परीक्षण गर्दा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४१२ जना नयाँ संक्रमित थपिएका छन् भने २०२ जना संक्रमणमुक्त भएका छन्। यसैगरी आज एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४८३ पुगेको छ । अहिले देशभर ७ हजार ६३६ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
उता गत २४ घण्टामा १ लाख १ हजार ७६१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं र ललितपुरमा अझै पनि ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। अन्य जिल्लामा भने संक्रमण कम हुँदै गएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण