कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रावललाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश
हेल्थ टिभी अनलाइन \काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई पाटन उच्च अदालतले कामकाजमा रोक नलगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
स्वास्थ्य मन्त्री विरोध खतिवडा आफू मन्त्री भएर आएको केही दिनमै मन्त्री स्तरीय निर्णय गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रावललाई कामकाज गर्न रोक लगाएका थिए । रावललाई कामकाजमा रोक लगाउनकासाथै प्रतिष्ठानका शिक्षाध्यक्ष डा निमेश थापालाई निमित्त उपकुलपति बनाई कामको जिम्मेवारी दिएका थिए ।
मन्त्री खतिवडाको निर्णयविरुद्ध उपकुलपति डा रावलले दिएको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण