Health TV Online
Health TV Online
Health TV Online

फाइजर खोप सुरक्षित र प्रभावकारी भएको भन्दै ढुक्क भएर लगाउन सरकारको आग्रह

फाइजर खोप सुरक्षित र प्रभावकारी भएको भन्दै ढुक्क भएर लगाउन सरकारको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक फरक प्रकृतिको कोरोना विरुद्धको फाइजर बायोनटेक खोप सर्वसाधारणलाई दिन लागेको सरकारले यो खोप सुरक्षित र प्रभावकारी भएको भन्दै ढुक्क भएर लगाउन आग्रह गरेको छ । शुक्रबार स्वास्थ्य सेवा विभागले एक कार्यक्रममको आयोजना गर्दै नेपालमा पहिलोपटक दिन लागिएको फाइजर खोप सुरक्षित र प्रभावकारी भएको भन्दै सबैलाई कुनै शंका नगरी लगाउन आग्रह गरेको हो ।

कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले फाइजर खोप फरक प्रकृतिको भए पनि यसलाई सबै मापदण्ड र प्रक्रिया पुराएर तयारी गरिएको र सोही अनुसार लगाइने हुँदा यसमा कुनै शंका गर्नुपर्ने नभएको बताए ।
यो खोप १२ वर्ष माथिका व्यक्तिहरुलाई दिन मिल्ने खालको खोप हो । नेपालमा यसअघि आएका सबै खोप १८ वर्ष माथिका उमेर समूहलाई मात्र दिन मिल्ने खालका थिए ।

सरकारले कोभ्याक्स सुविधा अन्तर्गत पाएको १ लाख डोज फाइजर खोप आइतबारदेखि १२ वर्ष माथिका दीर्घ रोगीलाई दिने निर्णय गरेको छ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको पनि महानिर्देशक सिंहले जानकारी दिए ।

थप ६० लाख खाेप यही डिसेम्बर महिनाभित्र आइपुग्ने जनाइएकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार