थप ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको नमुना परीक्षण गरेकोमा ३९७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८९ जना कोरोना संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको छ ।
गत २४ घण्टामा ९३ हजार ६९५ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण