Health TV Online
Health TV Online
Health TV Online

घट्यो संक्रमण : अब ५ सय बढी सक्रिय संक्रमित काठमाडौंमा मात्र

घट्यो संक्रमण : अब ५ सय बढी सक्रिय संक्रमित काठमाडौंमा मात्र

हेल्थ टिभी अनलाइन \काठमाडौं : अब काठमाडौं जिल्लामा मात्रै ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। पछिल्लो समय अन्य जिल्लाहरुमा कोरोना संक्रमण कम हुँदै गएर अब भने एउटा  जिल्ला काठमाडौंमा मात्र ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशका ७७ जिल्लामा नै पुगेकाे भए पनि दुई साता अघिसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ५ सय बढी सक्रिय संक्रमित रहेका थिए । अब भने ललितपुर र भक्तपुरमा पनि संक्रमण कम भएर ५ सय मूनि झरेको छ । अहिले काठमाडौं जिल्लामा ५१० जना मात्रै सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसैगरी अहिले भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, बाँके लगायतका १० जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५३५ रहेको छ । उनीहरुमध्ये १८८ जनाको आइसीयूमा र ५४ जनाको भेनिटलेटरमा उपचार भइरहेको छ । मुगु र हुम्ला दुई जिल्ला भने कोरोनामुक्त भइसकेको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जनाएका छन्।

नेपालमा कूल संक्रमण दर १८ दशमलब २ प्रतिशत रहेको छ । देशभर बिहिबारसम्म ११ हजार ४६६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार