Health TV Online
Health TV Online
Health TV Online

कार्तिक २८ गतेदेखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप दिइँदै

कार्तिक २८ गतेदेखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप दिइँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  सरकारले पहिलोपटक १२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको खोप दिन लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स सुविधा अन्तर्गत आएको फाइजर खोप १२ वर्ष माथिका र दीर्घ रोगीलाई दिन लागेको जनाएको छ । यसभन्दा अघि लगाइएका कोरोना विरुद्धका सबै खोप १८ वर्ष माथिका उमेर समूहलाई मात्र दिन मिल्ने खालको थियो । फाइजर खोप भने १२ वर्ष माथिका सबैलाई दिन मिल्ने खालको रहेकाे परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जनाएका छन् ।  देशभरका २४ अस्पतालबाट फाइजर खोप दिन लागिएको समेत उनले जिकिर गरे ।

काठमाडौं उपत्यकाका वीर अस्पताल ,त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल लगायतका ९ अस्पतालबाट खोप दिइने छ । दुई मात्रा लगाउन पर्ने उक्त खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसीर ४ गतेसम्म दिइने भएको छ भने दोस्रो मात्रा मंसीर २७ देखि पुस २ गतेसम्म दिइने भएको छ ।

मन्त्रालयले फाइजर खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन सबैलाई आग्रह गरेकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार