काठमाडौंमा अत्याधुनिक प्रविधिसहित ‘प्रथम प्याथोलोजी’ ल्याब सञ्चालनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको पानीपोखरीमा अत्याधुनिक प्रविधिसहितको ‘प्रथम प्याथोलोजी’ ल्याब सञ्चालनमा आएको छ । आज आइओएमकी डीन प्राडा दिव्या सिंह शाहले ल्याबको उद्घाटन गरेकी छिन ।
ल्याबको उद्घाटन गर्दै डा शाहले उच्चस्तरीय ल्याव नेपालको आवश्यकता भएको भन्दै प्रथम प्याथोलोजी ल्याबले जुन विशिष्टीकृत सेवा दिने गरी सेवा सुरु गरेको छ त्यसले देश बाहिर रोगको निदानका लागि नमुना पठाउनपर्ने बाध्यता हट्ने जिकीर गरिन्।
ल्याबका अध्यक्ष तथा वरिष्ठ प्याथोलोजिस्ट डा निराजन मैनालीले नेपालमा पहिलोपटक अन्तराष्ट्रिय मापदण्ड पालना गरी मिर्गौला रोग र अन्य विशिष्टीकृत सेवासहितको अत्याधुनिक ल्याब स्थापना गरेको जनाउँदै अब कुनै पनि प्याथोलोजी सेवाका लागि बाहिर जान नपर्ने गरी सेवा विस्तार गर्दै लाने बताए ।
उनले बिरामीहरुले ल्याब रिपोर्ट बोकेर हिड्नपर्ने समस्या समाधानका लागि प्रथम प्याथोलोजी ल्याबले ल्याब र यसको रिपोर्टसम्बन्धी अत्याधुनिक ‘मोबाइल एप’ पनि सञ्चालनमा ल्याएको जनाए । बिरामीले आफ्नो सम्पूर्ण रिपोर्ट सो एपमा हेर्न सक्नेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण