अब दुई जिल्लामा मात्रै ५ सय बढी सक्रिय संक्रमित, २ जिल्ला संक्रमित शुन्य
९ जिल्लामा दुई सय बढी संक्रमित आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब काठमाडौं र ललितपुर गरी दुई जिल्लामा मात्रै ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार अब कोरोना संक्रमितको संख्या घटेर काठमाडौं र ललितपुर दुई जिल्लामा मात्रै ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। काठमाडौंमा हाल ५०८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् भने ललितपुरमा ५१० जना आइसोलेसनमा रहेका छन्।
उता भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, नवलपरासी पूर्व, रुपन्देही, कैलाली, बाँके गरी ९ जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेका छन्। मुगु र हुम्लामा भने सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ११ हजार ४५४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। अहिले देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण