Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बालबालिकाका लागि काेराेना खोप खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय

बालबालिकाका लागि काेराेना खोप खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको ६० लाख खोप फाइजर र ४० लाख डोज मोर्डनाको खरिद प्रक्रियालाई स्विकृति दिएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले ६० लाख डोज फाइजर र ४० लाख डोज मोडर्ना खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई लगाउन मिल्ने १ करोड खोप खरिदको प्रस्ताव लगेको थियो । सोही प्रस्तावमाथि मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको हो ।

मन्त्रीपरिषदको यो निर्णयसँगै अब भने बालबालिकाका लागि एक करोड खोप आउने निश्चित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि सुनिश्चित भएको बताए ।

उनले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको र अब चाँडै खोप आउने जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार