विश्वभर कोरोना संक्रमणबाट ५० लाख बढीले गुमाए ज्यान, जोखिम अझै पनि कायमै
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनको वुहान शहरबाट सन् २०१९ को डिसेम्बर महिनामा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म ५० लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
वर्ल्डोमिटरका अनुसार सोमबारसम्म विश्वभर ५० लाख ७१ हजार ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । झण्डै २ वर्षमा २५ करोड १० लाख ८० हजार ६४७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २२ करोड ७३ लाख ३९ हजार २४२ जना भने संक्रमणमुक्त भइसकेका छन्। चीनबाट फैलिएको कोरोना संक्रमणको सबैभन्दा बढी चपेटामा अमेरिका परेको देखिन्छ । अमेरिकामा मात्रै ४ करोड ७४ लाख ५२ हजार ७५८ जनामा कोरोना पुष्टि भएको छ । उता संक्रमितमध्ये ७ लाख ७६ हजार २७७ जना संक्रमितको मृत्यु भएको जनाइएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको पाइएको छ । भारतमा ३ करोड ४३ लाख ७४ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ भने ४ लाख ६१ हजार ३४७ जनाको मृत्यु भएको वल्र्डोमिटरले जनाएको छ
नेपालमा काेराेना
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ४५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी ९ लाखभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ । नेपालमा हाल ७ हजार ६५४ जना मात्र सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय कोरोना संक्रमण दर कम हुँदै गएको छ । विज्ञहरुले संक्रमण कम भए पनि जोखिम भने कायम नै रहेको भन्दै जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गर्दै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित