Health TV Online
Health TV Online
Health TV Online

तिहारको दिन थपिए १३९ जना संक्रमित

तिहारको दिन थपिए १३९ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज तिहारको दिन देशभर १३९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९३२ जनाको नमुना परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी आज ३९६ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। उता गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४३९ पुगेको छ ।

sअहिले देशभर सक्रिय कोरोना संक्रमित ८ हजार १४४ जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार