स्टार अस्पतालमा अत्याधुनिक प्रविधिसहितको ‘जीआई सेन्टर’ सुरु
हेल्थ टिभी अनलाइन \ललितपुर : ललितपुरको सानेपास्थित स्टार अस्पतालमा अत्याधुनिक प्रविधिसहितको ‘जीआई’ सेन्टर सुरु भएको छ ।
आज अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जनले अस्पताल परिसरमा पूजा गर्दै ‘जीआई’ सेन्टरको सुरुवात गरेका हुन्। पेटरोगसँग सम्बन्धीत सम्पूर्ण समस्याको निदान तथा उपचारका लागि एउटै छानामूनि अत्याधुनिक मेशिन मार्फत र उत्कृष्ट विशेषज्ञको टिमबाट सेवा दिन सकियोस भनेर जीआई सेन्टर खोलिएको अध्यक्ष महर्जनले बताए । उनले अब स्टार अस्पतालको जीआई सेन्टरमा आएपछि पेटरोगको कुनै पनि उपचार र निदानका लागि अत्यत्र जान नपर्ने र उच्च स्तरीय सेवन प्रदान गरिने जिकीर गरे ।

आज दुई जना बिरामीको इन्डोस्कोपी गरेर सेवाको सुरुवात समेत गरिएको छ । सेन्टरको सफ्ट लन्च गरेर आजदेखि नै बिरामीलाई सेवा दिन सुरु गरिएको भए पनि औपचारिक उद्घाटन कार्यक्रम भने केही समयपछि गरिने अस्पतालका सिओओ डा सन्देश जिसीले बताए ।

स्टार अस्पताल कोभिड -१९ को बेलामा उत्कृट अस्पतालका रुपमा चिनिन सफल भएको अस्पताल हो भने पछिल्लो समय विभिन्न विशिष्टकृत सेवाहरु पनि सुरु गर्दै आएको छ ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण