Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ४०८ जनामा कोरोना संक्रमण, ५१८ जना संक्रमणमुक्त

थप ४०८ जनामा कोरोना संक्रमण, ५१८ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ८९९ जनाको नमुना परीक्षण गरेकोमा ४०८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उता गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५१८ जना संक्रमित निको भएका छन्। आज मृत्यु भएका संक्रमितसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४०७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८ हजार ८१५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ३७६ सक्रिय कोरोना संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार