Health TV Online
Health TV Online
Health TV Online

शनिबार ३७२ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

शनिबार ३७२ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३७२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा ७ हजार ९११ जनाको नमुना परीक्षण गरेकोमा ३७२ जनामा कोरोना पुष्टि भएको हो । उता यहीवीच ९११ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जना संक्रमितले ज्यान गुमाएका छन्। योसँगै अब कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या
११ हजार ३९९ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार