Health TV Online
Health TV Online
Health TV Online

देशभर सक्रिय संक्रमितको संख्या १० हजार, ३२० जना आइसीयू र भेन्टिलेटरमा

देशभर सक्रिय संक्रमितको संख्या १० हजार, ३२० जना आइसीयू र भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण कम हुँदै गएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अब देशभर १० हजार १५१ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।

जसमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् भने जम्मा ७७२ जना मात्र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । उता उनीहरुमध्ये अहिले २४२ जना देशका विभिन्न अस्पतालका आइसीयूमा उपचाररत रहेका छन् भने ७८ जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा शुक्रबारसम्म ११ हजार ३८८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको तथ्यांक छ । यसैगरी कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म १ करोड ५६ लाख ४६ हजार ४०७ मात्रा खोप लगाइएको छ । यसमा ८६ लाख ६२ हजार २५० जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । उता पूर्ण खोप पाउनेको संख्या ६९ लाख ८४ हजार १५७ रहेको छ । अहिले पनि नेपालमा खोप अभियान जारी रहेको छ भने खरिद गरेका खोप आउने क्रम पनि जारी रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार