Health TV Online
Health TV Online
Health TV Online

मेडिकल काउन्सिलको निर्वाचनका लागि तोकिए २१ मतदान केन्द्र

मेडिकल काउन्सिलको निर्वाचनका लागि तोकिए २१ मतदान केन्द्र

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलले आगामी निर्वाचनका लागि २१ मतदान केन्द्र तोकेको छ । निर्वाचन समितिले आगामी मंसिरमा हुने निर्वाचनका लागि निर्वाचन केन्द्र र निर्वाचन अधिकृत तोकेको हो ।

काउन्सिलले निर्वाचनका बारेमा जानकारी दिन बुधबार गरेको पत्रकार सम्मेलनका क्रममा काठमाडौ उपत्यका बाहिरका १८ वटा जिल्लामा मंसीर ३ र ४ गते निर्वाचन हुने जानकारी दिइएको छ । यसैगरी उपत्यकामा भने मंसीर १० र ११ गते तय गरिएको छ । काउन्सिलको आगामी कार्यकालका लागि उपाध्यक्ष्यसहित ८ जना सदस्यको समितिका लागि निर्वाचन हुन लागेको हो । काउन्सिलका निर्वाचित तथा मनोनित सदस्यको कार्यकाल ४ वर्षको हुनेछ ।

निर्वाचनको प्रयोजनका लागि संयोजकमा डा गणेश राईलाई नियुक्त गरिएको छ । सदस्यहरुमा मधुसुदन पुन र डा मनोज हुमागाइँ निर्वाचन समितिमा रहेका छन्। निर्वाचनका लागि काउन्सिलले निर्वाचन आचारसंहिता २०७८ पनि जारी गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार