सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले अब २ वर्ष मात्र खटाएको स्वास्थ्य संस्थामा काम गरे पुग्ने
हेल्थ टिभी अनलाइन \काठमाडाैं : सर्वोच्च अदालतले सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका चिकित्सकहरुले २ वर्ष मात्र खटाएको ठाउँमा काम गरे पुग्ने फैसला गरेको छ।
अदालतले सोमबार एमबीबीएस पढेका चिकित्सकहरुले २ वर्ष मात्र खटाएको स्थानमा काम गर्ने प्रावधान हुनुपर्ने भन्दै हालेको मुद्दाको अन्तिम फैसला सार्वजनिक गरेको हो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा एमबीबीएस गर्नेलाई ४ वर्ष सरकारले खटाएको स्वास्थ्य संस्थामा काम गर्नुपर्ने व्यवस्था थियो । त्यसैले उनीहरुले आफूहरुलाई अन्याय भएको भन्दै पाटनमा पढ्ने विद्यार्थीलाई पनि अन्य सरह २ वर्ष मात्र सेवामा खटाइनुपर्ने भन्दै मुद्दा हालेका थिए । विद्यार्थीहरुले हालेको उक्त मुद्दाको फैसला गर्दै सर्वोच्चले सो निर्णय गरेको हो। अब यो निर्णयसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाज्ञवृत्तिमा एमबीबीएस पढ्नेले पनि २ वर्ष मात्र सरकारले खटाएको संस्थामा काम गरे पुग्ने भएको छ ।
न्यायाधिस अनिलक कुमार सिन्हा र डा कुमार चुडालले उक्त फैसला गरेका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण