थप ६६६ जनामा कोरोना संक्रमण, ६२२ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २० जनाको नमुना परीक्षण गरेकोमा ६६६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ३७२ पुगेको छ । उता ६२२ जना कोरोना संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको छ ।
मंगलबार देशभर सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २९६ रहेको छ । यीमध्ये २१७ जना क्वारेन्टाइनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण