आजदेखि काठमाडौंमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले काठमाडौंमा आजदेखि कोरोना विरुद्धको ‘एस्ट्राजेनेका’ खोपको दोस्रो मात्रा लगाउन सुरु गरेको छ ।
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका र ८ साता पूरा भएकालाई आजदेखि दोस्रो मात्रा दिन लागिएको जनाएको हो । काठमाडौंका ३२ वटै वडाका खोप केन्द्र तथा वीर, प्रसूती, निजामती कर्मचारी अस्पताल, विरेन्द्र सैनिक अस्पताल लगायतका अस्पतालमार्फत खोप दिइने जनाइएको हाे ।
खोप लगाउनका लागि पहिलो मात्रा खोप लगाएको खोप कार्ड, तथा विद्युतीय दर्ता सहित परिचय पत्र लिई जानुपर्नेछ । खोप अभियान दुई दिनसम्म चल्नेछ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित