२४ घण्टामा ५५७ कोरोना संक्रमित थपिए, ८७७ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५५७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ६२५ जनाको नमुना परीक्षण गरेकोमा ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसैगरी आज ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । आज मृत्यु भएकासहित गरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३४८ पुगेको छ । उता यहीवीच ८७७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर १० हजार २०१ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित