थप ३९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७७ जनाको नमुना परीक्षण गरिएकोमा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। योसँगै देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ । उता गत २४ घण्टामा ६८० जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १२ हजार २९७ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ११ हजार २७८ जना होम आइसोलेसनमा र १ हजार १९ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
सक्रिय संक्रमितमध्ये पनि २९९ जना आइसीयूमा र ९८ जना भेन्टिलेटरमा उपचाररत छन्। देशभर अहिले पनि २३१ जना क्वारेन्टाइनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण